गणेश नेपाली मृत्यु प्रकरणबारे थप अनुसन्धान गर्न ५ सदस्यीय छानबिन समिति गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ असार २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले डिआइजी थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए। समितिमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सामेल छन्।

- Advertisement -
Ad image

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्