देउवा दम्पतिपछि जयवीरको नाममा सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ ।

पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ । पुर्जी बुढानिलकण्ठमा रहेको देउवाको घरमा टाँस गरिएको छ ।

- Advertisement -
Ad image
विभागले जयवीरका बुबासहित आमा आरजुलाइ यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराइसकेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्