हालान्डको दुई गोल सहयोगमा पाँचपटकको विश्वविजेता ब्राजिलमाथि सनसनीपूर्ण जित निकाल्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नर्वे जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक खेलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वेले इतिहासमै पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पराजयसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ ।

- Advertisement -
Ad image

नर्वेको यो ऐतिहासिक जितमा गोलरक्षक ओर्यान निल्यान्ड नायक बने । उनले पहिलो हाफमा ब्रुनो गुइमारेसको पेनाल्टी प्रहार विफल पार्दै ब्राजिललाई अग्रता लिन दिएनन् । त्यसपछि खेलको अन्तिम ११ मिनेट बाँकी छँदा हालान्डले लगातार दुई गोल गर्दै नर्वेको जित पक्का गरे । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा नेयमारले पेनाल्टीमार्फत सान्त्वना गोल गरे पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन ।

दुई गोलसँगै हालान्डले जारी प्रतियोगितामा लियोनेल मेस्सीको समान सात गोल पुर्‍याएका छन् । नर्वेले अब आगामी जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा सह-आयोजक मेक्सिको वा इङ्गल्यान्डमध्ये एकको सामना गर्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्