काठमाडौँ – सरकारले नेपाल प्रहरीका ८ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीका एआईजी सरुवाको निर्णय गरेको हो ।
बैठकले शिक्षा (दशौँ संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी) लाई अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिने, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली) लाई नियुक्ति गर्ने, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने, राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने, राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्