इक्वेडरविरुद्ध आइभरीकोस्टको रोमाञ्चक जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – अमद डियालोले अन्तिम मिनेटमा गरेको गोल मदतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १-० ले पराजित गरेको छ । फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरे । उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन् ।

त्यसअघि पनि खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि फिनिसिङ गर्न सकेन ।

- Advertisement -
Ad imageAd image

अन्तिम समयमको गोलले आइभरी कोस्टले समूह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७-१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । जर्मनी र आइभरी कोस्टको समान ३ अंक भएपनि गोल अन्तरमा जर्मनी अघि छ ।

इक्वेडर र कुरासाओ भने अंकविहिन छन् । समूह इ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्