अग्रता जोगाउन नसक्दा क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना: अमेरिका र पराग्वे भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० जेष्ठ २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बराबरीमा खेलेका छन् । क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका हुन् ।

खेलको २१औं मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन ।

- Advertisement -
Ad image

७९औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो । काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानडालाई बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले एकएक अंक बाँडे ।

अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन् । उक्त खेल अहिले बिहान पौने ७ बजेबाट सुरु हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्