स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसंघीय आवासीय सहसंयोजकबिच भेटघाट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय सहसंयोजक लीला पेइटर्सबिच सोमबार काठमाडौँमा भेटघाट भएको छ ।

भेटका क्रममा संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) लगायत संस्थाहरूद्वारा नेपाललाई भइरहेको सहयोगको बारेमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

- Advertisement -
Ad image

भेटका क्रममा सरकारका शासकीय सुधारका १०० बुँदे प्राथमिकता, दिगो विकास लक्ष्य, युनिभर्सल हेल्थ कभरेज, जलवायु परिवर्तन, खाद्य स्वच्छता, स्वास्थ्य बिमा, डिजिटलाइजेसन, टेलिमेडिसिन लगायतका विषयमा छलफल भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्