नेपाल-भारत सीमा विवादमा तेस्रो पक्ष संलग्न गराउने प्रधानमन्त्री बालेनको प्रस्ताव नयाँ दिल्लीद्वारा अस्वीकार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले संसदमा भारतसँगको सीमा विवादबारे आईतबार दिएको अभिव्यक्तिमाथि भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

मंगलबार भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले नेपालसँगको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै पनि भूमिका नरहने स्पष्ट गरेका हुन् । प्रधानमन्त्री शाहले संसदमा लिपुलेक बारे बेलायतसँग कुरा गर्नुपर्ने बताएको प्रति संकेत गर्दै प्रवक्ता जयसवालले भने- ‘सबै सम्बन्धित पक्षलाई यो स्पष्ट हुनुपर्छ, भारत र नेपालबीच जे पनि द्विपक्षीय मामिला छन्, त्यसमा तेस्रो पक्षको कुनै भूमिका छैन ।’

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री शाहले आईतबारको संसदमा नेपालले पनि भारतको जग्गा मिचेको बताउदै बेलायतले ब्रिटिस इन्डिया छाड्दै गर्दाको (सीमा) समस्या अहिलेसम्म रहेकाले यसबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपालको मान्यता रहेको बताएका थिए ।

तर प्रधानमन्त्री शाहको यस अभिव्यक्तिको जवाफमा भारतले बेलायतको भूमिकालाई सिधै अस्वीकार गरेको छ । प्रवक्ता जयसवालले भारत-नेपाल सीमाबारे नेपालका प्रधानमन्त्रीको टिप्पणी, उनको बयान र सँगसँगै नेपालको विदेश (परराष्ट्र) मन्त्रालयको तर्फबाट जारी गरिएको वक्तव्य बारे जानकार रहेको बताउदै भारत-नेपाल सीमाको लगभग ९८ प्रतिशत हिस्सा निर्धारित भइसकेको र केही स्थानमा समस्या रहेको बताएका छन् ।

उनले सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र ‘नो म्यान्स ल्यान्ड’ (दसगजा क्षेत्र) मा अतिक्रमणका घटना पनि रहेको र त्यसलाई संयुक्त रूपमा मानचित्रण भइरहेको बताए । उनले सीमासम्बन्धी सबै मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रले काम गरिरहेको समेत बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्