राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै गुजरात टाइटन्स आईपीएलको फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ जेष्ठ २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – गुजरात टाइटन्स जारी आईपीएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए भने साइ सुदर्शनले ५८ रन बनाएका थिए ।

- Advertisement -
Ad image

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै २१४ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले ९६ रन बनाए भने रविन्द्र जडेजाले ४५ र डोनोभान फरेराले ३८ रन बनाएका थिए ।

यो जितपछि गुजरात फाइनलमा पुगेको छ र अब उपाधिका लागि रोयल च्यालेन्जर्स बैंगलुरुसँग आइतबार खेल्ने छ । त्यस्तै हारसँगै राजस्थान रोयल्स भने बाहिरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्