काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण गरेको छ। क्यानले महिला तथा पुरुष खेलाडीलाई सन् २०२६का लागि ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई वर्गीकरण गरेको हो।
क्यानले पहिलोपटक ए प्ल क्याटगोरी थपेको छ। उक्त क्याटगोरीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने मात्रै परेका छन्।
यस्तै, ‘ए’ क्याटगोरीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन् भने ‘बी’ क्याटगोरीमा ललित राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन्।
यसैगरी महिला खेलाडीतर्फ भने क्याटगोरी ‘ए’ मा इन्दु वर्मा, पुजा महतो, रुविना क्षेत्री र सीता रानामागर रहेका छन्। यस्तै, ‘बी’ क्याटगोरीमा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय रहेका छन् भने ‘सी’ क्याटगोरीमा विन्दु रावल, कविता जोशी, रुवी पोद्धार र रिया शर्मा रहेका छन्।
महिलातर्फ क्याटगोरी ‘डी’ (डेभलप्मेन्ट)मा रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविण, सावित्रि धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्मचार्य र रचना चौधरी रहेका छन्।
क्यानका अनुसार पुरुषतर्फको ए प्लस क्याटगोरीको मासिक पारिश्रमिक १ लाख २० हजार, ए तर्फ १ लाख, बी तर्फ ७५ हजार, सी तर्फ ५५ हजार र डी (डेभलप्मेन्ट) ३५ हजार रहेको छ।
यसैगरी महिलातर्फ ए क्याटगोरीका खेलाडीलाई ५५ हजार बी क्याटगोरीका ४० हजार, सी तर्फ ३० र डी (डेभलप्मेन्ट) तर्फ २५ हजार तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्