सरकारसँगको सम्बन्ध सुधारको प्रयास गर्न भारत जाँदै रवि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० जेष्ठ २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं – सरकारकाे नेतृत्व गरिरहेकाे दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेका हुन् । दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ ।

- Advertisement -
Ad image

उनकै पार्टीका वरिष्ठ नेता बालेन नेतृत्वकाे सरकारसँग भारतकाे सम्बन्ध न्यानाे हुन नसकेकाे चर्चा चलिरहेका बेला रवि भारत जान लागेका हुन् ।

रास्वपाले निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपश्चात दुई देशबीच उच्चस्तरीय भ्रमण भएका छैनन् । भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको छ ।

खनाल आउँदो जेठ १८ गते ‘बिग क्याट अलाइन्स’ को सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने तयारीमा थिए ।

भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको थियो । तर, अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन । विगतमा जस्तै नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै गराउन मोदी सरकार आतुर छ । तर, प्रधानमन्त्री शाह भने आवश्यकताका आधारमा जुन देशमा पनि भ्रमण गर्न सकिने मनस्थितिमा रहेका छन् ।

शाहको भारत भ्रमणकै ताकेताका लागि मोदीले विदेश सचिवलाई नेपाल पठाउन खोजेका थिए । तर, प्रधानमन्त्री शाहको भेट नपाउने भएपछि भ्रमण रद्द गरिएको थियो ।

याे घटनालाई लिएर भारत बालेन सरकारसँग हच्किएकाे टिप्पणी गरिएकाे थियाे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्