बालेनको सचिवालयबाट भन्दै कर्मचारी धम्क्याउने युवक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ जेष्ठ २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट बोलेको भन्दै टेलिफोनमा सरकारी कर्मचारी धम्क्याउने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक सुर्खेतका २२ वर्षीय प्रकाश खड्का छन् । उनलाई शनिबार काठमाण्डूबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी रमेश थापाले काठमाण्डूपाटीलाई जानकारी दिए ।

- Advertisement -
Ad image

खड्काले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर अशिष्ट र अमर्यादित भाषामा धम्क्याएका थिए । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले विज्ञप्ति जारी गर्दै उनलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाउन निर्देशन दिएको थियो ।

‘उक्त घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निज प्रकाश खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव हेमराज अर्यालद्वारा जारी ज्ञिप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ हुनुहुन्छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्