विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – विपक्षी दलले विरोध यथावत राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। सांसदहरूले राखेको संशोधन प्रस्तावमाथि दिनभर छलफल चलेको थियो।

बिहीबार राति ८ बजे सांसदले बोल्ने क्रम सकिएपछि सभामुख डोलप्रसाद अर्यालले सांसदले सोधेका प्रश्नको उत्तर दिन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई समय दिएका थिए। सभामुखले अर्थमन्त्रीलाई समय दिएसँगै विपक्षी दलले उभिएर विरोध जनाएका हुन्।

- Advertisement -
Ad image

उनीहरूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिनुपर्ने माग गरेका छन्। विपक्षी दलले विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्