स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो ! दमकल प्रयोग गरेर नियन्त्रणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।

यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको विमानस्थल सुरक्षा स्रोतले बतायो ।

- Advertisement -
Ad image

यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । यात्रुहरु सकुशल छन् । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्