पहिरोले कान्तिलोकपथ अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउ–जाउ पूर्णरुपमा अवरुद्ध छ ।

- Advertisement -
Ad image

यसैगरी सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात अवागमन प्रभावित भएको छ ।

सो सडकखण्डमा ट्राफिक प्रहरीको निर्देशन पालना गर्दै संयमित भएर सवारी साधन चलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्