काठमाडौँ – प्रधानमन्त्री बालेन शाह बुद्ध जयन्ती समारोहमा नजाने भएका छन् । आज प्रधानमन्त्रीको सचिवालयबाट विकास कोषका पदाधिकारीलाई टेलिफोन गरी बुद्ध जयन्तीमा उपस्थित नहुने जानकारी गराएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए ।
यसअघि वैशाख १८ गते परेको २५७० औं बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री शाह उपस्थित हुने लुम्बिनी विकास कोषले जनाएको थियो ।
रोक्काले दिएको जानकारी अनुसार बुद्ध जयन्तीमा प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल विशिष्ट अतिथिका रूपमा आउने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस्