काठमाडौँ– रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आईपीएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको केवल ७६ रनको लक्ष्य पछाएको बैंगलुरुले ६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अरुण जेटली स्टेडियम मा पहिले बलिङ गरेको बेंगलुरुले दिल्लीलाई मात्र ७५ रनमै अलआउट गर्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो, टोलीले केवल ८ रनमै ६ विकेट गुमाएको थियो ।
यो यस सिजनको आईपीएलको सबैभन्दा कम टोटल रहेको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र काइल जामिएन्सनले १२ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर जोश हजेलवूडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १२ अंक भएको छ भने दिल्लीको ८ खेलमा ६ अंक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्