आज थापाथली र गैरीगाउँको सुकुम्वासी बस्ती भत्काइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – सरकारले आज थापाथली र गैरीगाउँको सुकुम्वासी बस्ती भत्काउने भएको छ । बाँकी मनोहरा, सिनामंगललगायत स्थानका सुकुम्वासी बस्ती भोलि भत्काउने भएको छ ।

बागमती करिडोरको थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रमा डोजर चलाएर आज र भोलिमा अतिक्रमित क्षेत्र खाली गराउने सरकारको तयारी छ ।

- Advertisement -
Ad image

सुकुम्वासी बस्ती हटाउन प्रहरी प्रशासन र काठमाडौँ महानगरपालिकाको टोली बिहानैदेखि थापाथली क्षेत्रमा परिचालन गरिएको छ ।

बस्ती हटाउन सहरी विकास मन्त्रालय र सडक विभागका २० भन्दा बढी डोजर र १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्