श्रीलंकालाई पराजित गरे पनि पाकिस्तान विश्वकपबाट बाहिरियो, न्यूजील्याण्ड सेमिफाइनलमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०८२, आईतवार
3 Min Read
Aa
Pakistan's Sahibzada Farhan, left, and batting partner Fakhar Zaman run between the wickets during the T20 World Cup cricket match between Pakistan and Sri Lanka in Pallekele, Sri Lanka, Saturday, Feb. 28, 2026. (AP Photo/Eranga Jayawardena)

काठमाडौं – श्रीलंकालाई पराजित गरे पनि पाकिस्तानी राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ। सुपर ८ अन्तर्गत समूह २ को अन्तिम खेलमा पाकिस्तानले विश्वकप आयोजक तथा घरेलु टोली श्रीलंकालाई १ सय ४७ रनमा रोक्न असफल भएपछि न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ।

शनिबार राति भएको खेलमा श्रीलंकालाई ५ रनले पराजित गरे पनि नेट रनरेटमा पछि परेपछि पाकिस्तान सेमिफाइनलबाट बाहिरिएको हो।न्युजिल्यान्ड र पाकिस्तानको समान ३ अंक भएपनि नेट रनरेटमा न्युजिल्यान्ड अघि रहेपछि शीर्ष २ मा रहेर अन्तिम चारमा पुगेको हो।

- Advertisement -
Ad image

न्युजिल्यान्डको नेट रनरेट १.३९० रहेको छ। पाकिस्तानको माइनस शुन्य दशमलव १२३ रहेको छ। यो समूहबाट इंग्ल्यान्ड यसअघि नै सेकिफाइनलमा पुगिसकेको छ। सुपर ८ का तिन खेलमा अपराजित रहेको इंग्ल्यान्ड ६ अंकमा शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो।

आयोजक श्रीलंकाले भने सुपर ८ का तिनै खेलमा हार भोग्यो। पाकिस्तानले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७ रन मात्र बनाउन सक्यो।

श्रीलंकाका लागि कप्तान दासुन लियांकेले सर्वाधिक ७६ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। पवन रत्नायकेले ५८ रन बनाए। कमिल मिसराले २६ र चारिथ असलंकाले २५ रन थपे।

त्यसअघि श्रीलंकाको पालकेले इन्टरनेशलन क्रिकेट स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो।

पाकिस्तानका ओपनर साहिबजादा फरहानले शतक पूरा गरे। उनले ६० बलमा ९ चौका र ५ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। अर्का ओपनर फखर जमानले ८४ रनको योगदान दिए। उनले ४२ बलमा ९ चौका र ४ छक्का हाने।

पहिलो विकेटका लागि साहिबजादा र फखरले १५.५ ओभरमा १ सय ७६ रनको विशाल साझेदारी गरेका थिए। यद्यपी टोलीलाई सेमिफाइनलमा पुर्याउन भने असफल रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

यो समूहबाट सेमिफाइनल पुग्ने २ टोलीको टुङ्गो लागेको छ। इंग्ल्यान्ड र न्यु जिल्यान्डले सेमिफाइनलमा स्थान बनाए। पाकिस्तान र श्रीलंका भने सुपर ८ बाटै बाहिरिएका छन्।

अब सेमिफाइनल पुग्ने १ टोलीको टुङ्गो लाग्न बाँकी छ। सुपर ८ को समुह १ बाट दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।

सेमिफाइनल पुग्ने दौडमा वेष्ट इण्डिज र भारत छन्। सुपर ८ का २ खेलमध्य १ खेलमा जित र १ खेलमा हार भोगेका वेष्ट इण्डिज र भारत सेमिफाइनल पुग्ने योजनामा छन्। लगातार दुई खेलमा हार भोगेको जिम्बाबे यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।

सुपर ८ अन्तर्गत आज अन्तिम दुई खेल हुनेछन्। आज जिम्बाबे र दक्षिण अफ्रिका तथा वेष्ट इण्डिज र भारत भिड्दैछन्। भारत र वेस्ट इन्डिजबीचको खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्