नयाँलाई हेरौँ भनेर ६४ को गल्ती नदोहोर्‍याउन कांग्रेस उपसभापति शर्माको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ फाल्गुन २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँलाई हेरौँ भनेर ६४ को गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ६४ निर्वाचित भएको झन्डैको दुई तिहाइ पाएको तत्कालीन माओवादीले देशलाई बाटो नदिएको बताए।

उनले भने, ‘निर्वाचनको मैदान दुस्मनीको अखडा होइन, निर्वाचनको मैदान व्यक्तित्व र विचार प्रतिस्पर्धाको महायज्ञ हो। आज हामीले त्यसैले बहस गर्नुपर्ने मुद्दामा हो, बहस गर्नुपर्ने देशलाई कसले निकास दिन सक्छ भन्ने कुरामा हो। यदि भदौ २३ र २४ गते भएको विद्रोह पछाडि उब्जिएको असन्तुष्टि, निराशा र प्रश्नहरूलाई अब बन्ने सरकार मार्फतबाट १० वर्षमा सबै हल गरेर सँगसँगै देशलाई सबैलाई ऊर्जा, आशा र अपेक्षा र विश्वासमा बाँध्न सकेनौँ।’

- Advertisement -
Ad image

उनले आवेग, आक्रोश र गालीलाई छाडेर भिजन र लिडरसिपबारे खुला बहस गर्न प्रस्ताव राखे। उनले भने, ‘राजनीतिक दलका सबैलाई आग्रह गर्न चाहन्छु- नेपाली कांग्रेस पार्टी यी सबै कुराको सन्दर्भमा छलफलमा मैदानमा आउन तयार छ। सार्वजनिक बहसमा तयार छ। आज मेरो आग्रह छ, मिडियाका साथीहरू मार्फतबाट पनि अरू दलहरूसमक्ष पुगोस् नेपाली कांग्रेस पार्टी निमन्त्रणा गर्न चाहन्छ, १८ गतेका दिन होली छ, काठमाडौँको कुनै एउटा खुला मञ्चमा प्रधानमन्त्रीका सबै उम्मेदवारहरूलाई सँगसँगै राखेर होली पनि सँगै खेलौँ, बहस पनि सँगसँगै गरौँ।’

उनले १८ गते बहस स्वीकारे आयोजना गर्न कांग्रेस तयार रहेको बताए।

उनले थपे, ‘७५ वर्षमा किन कोही प्रधानमन्त्री लगातार पाँच वर्ष बन्नुभएन? छलफल गरौँ। अब बन्ने प्रधानमन्त्री पाँच वर्ष टिक्न सक्ने कि नसक्ने? कसरी टिक्ने, कुन पद्धतिले टिकाउन सकिन्छ, छलफल गरौँ। मेरो व्यक्तिगत प्रस्ताव छ सबैभन्दा ठुलो जितेको राजनीतिक दल, सबैभन्दा बढी सिट लिएर आउने दल, समानुपातिकबाट सबैभन्दा बढी सिट, प्रत्यक्षबाट सबैभन्दा बढी सिट ल्याउने दललाई पूरै पाँच वर्षलाई देशको शासन सत्ता सुम्पिनलाई के अन्य राजनीतिक दलहरू तयार हुनुहुन्छ?’

कांग्रेस दोस्रो दल भए सम्पूर्ण रूपले प्रतिपक्षमा बस्नका लागि तयार भएर डकुमेन्टमा हस्ताक्षर गर्न तयार गरेको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्