झापा पुगे बालेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ फाल्गुन २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा पार्टीको तर्फबाट प्रधानमन्त्रीका भावी उम्मेदवार बालेन शाह झापा पुगेका छन् । उनी आफ्नो निर्वाचन अभियानको लागि झापा पुगेका हुन् । यसपटक शाह झापा–५ मा उम्मेदवार छन् ।

उनको प्रतिष्पर्धा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुँदैछ । चुनावी अभियानको लागि ओली पनि आजै झापा पुगेका छन् । झापा पुगेका ओलीले रास्वपाले चुनाव हार्ने भएपछि जथाभावी गर्न थालेको टिप्पणी गरेका थिए ।

- Advertisement -
Ad imageAd image

बालेनपनि झापा पुगेर घरदैलो सुरु गरेको बताईन्छ । झापा पुगेपछि उनले ‘सुन्दर पूर्वी तराई’ भनेर लेखेका छन् । उनी सुदूरपश्चिम र कर्णाली प्रदेशको भ्रमण सकेर काठमाडौं आएपछि एक दिन आराम गरेर आज झापा झरेका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्