काठमाडौं – महा शिवरात्री पर्वको अवसरमा योगि चैतन्य आदित्यनाथको सिर्जना त्रिगजुर शिवालय ॐ आदिकुञ्ज गौरीघाटमा पुण्यार्जन खातिर वृतह रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ज्ञान, ध्यान एवं सनातनको त्रिवेणी र साधनाको शिखर मानिने योगी चैतन्य आदित्यनाथकै परमकृपामा महाशिवरात्रीको अवसरमा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको वृहत् रक्तदान कार्यक्रममा ११८ जना सहभागी भएका थिए ।
भविष्यको गर्भमा लुकेका अद्वितीय ज्ञानका सूत्रहरू र गुरुवाणीका प्रकाशपुञ्जहरू छर्दै सांस्कृतिक युगपुरुषका रूपमा नेपाल र विश्वको माटोलाई धन्य बनाइरहेका योगी चैतन्य आदित्यनाथकै कृपामा आज महाशिवरात्रीको अवसरमा त्रिगजुर शिवालयमा विविध कार्यक्रम गरि महाशिवरात्री पर्व मनाईंदै छ ।




प्रतिक्रिया दिनुहोस्