टी–२० विश्वकप: आफ्नो पहिलो खेलमा नेपालले दुई पटकको च्याम्पियन इङल्यान्डको सामना गर्दा आयोजक भारतको विजयी सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०८२, आईतवार
4 Min Read
Aa

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आईसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ। मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इङल्यान्डविरुद्ध मैदान उत्रँन लागेको हो।

नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो। अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन्।

- Advertisement -
Ad image

सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने संघारमा छन्। कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्।

इङल्यान्डविरुद्ध मैदान उत्रनुअघि नेपाली टोलीले शनिबार पुरा आराम पाएको थियो। विश्वकपअघि नेपालले युएई र क्यानडासँग अफिसियल वार्मअप म्याच खेलेको थियो। ति दुवै खेलमा नेपालले जित हात पारेको थियो। विश्वकप आयोजक श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलमा छ।

सन् २०१० र २०२२ मा विश्वकपको उपाधि उचालेको बलियो टोली इङल्यान्ड नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ। नेपालविरुद्धको खेलका लागि इङल्यान्डले शनिबार नै प्लेइङ ११ सार्वजनिक गरिसकेको छ।

नेपाल इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटाली रहेको समुहमा छ। इङल्यान्ड र वेष्ट इण्डिजले दुई पटक विश्वकपको ट्रफी उचालेका छन्। इटाली भने विश्वकपमा डेब्यु गर्न लागेको हो। सन् २००७ मा विश्वकप कपमा डेब्यु गरेको स्कटल्यान्ड सन् २०१६ पछि लगातार विश्वकप खेल्ने टोली हो।

बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा आएर खेल्न अस्वीकार गरेपछि आईसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो।

विश्वकपको पहिलो दिन शनिबार तिन खेल सम्पन्न भए। श्रीलंकाको कोलोम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो। भारतको इडेन गार्डेनमा भएको खेलमा वेष्ट इण्डिजले स्कटल्यान्डलाई ३५ रनले तथा मुम्बइको वानखेडेमा साविक विजेता भारतले अमेरिकालाई २९ रनले हरायो।

विश्वकपमा आईतबार पनि तीन खेल हुनेछ। दिनको पहिलो खेलमा चेन्नइमा समुह डी का अफगानिस्तान र न्युजिल्यान्ड खेल्नेछन्। उता श्रीलंकाको कोलोम्बोमा घरेलु टोली र आयरल्यान्ड खेल्ने तालिका छ।

यस्तै गएराती सम्पन्न अन्तिम खेलमा भारतले विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको हो।

एक सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र एक सय ३२ रन बनाय। उसका लागि सुभम् रजानेले ३७, सञ्जय कृष्णमुर्तिले ३७ रन बनाए। यस्तै मिलिण्द कुमारले ३४ रन बनाए पनि जितका लागि पर्याप्त भए।

भारतका लागि मोहमद सिराजले तीन विकेट हात पारे । अर्शदीप सिंह र अक्षर पटेलको नाममा दुई दुई विकेट रह्यो।त्यसअघि वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएकाे थियाे।

भारतीय टोलीका कप्तान सुर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे। उनले टोलीको इनिङ्स सम्हाल्दै तीव्र गतिमा रन जोडे। ४९ बलको सामना गरेका यादवले १० चौका र ४ छक्कासहित ८४ रन बनाए।

इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए। अभिषेक शर्मा शून्य रनमा आउट भए। अक्षर पटेलले १४ रन बनाए। अन्य खेलाडीको ब्याटिङ भने उल्लेखनीय हुन सकेन।

अमेरिकाका बलर शाडली भ्यान शाल्कविक उत्कृष्ट देखिए। उनले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर चार विकेट लिए। त्यस्तै हर्मित सिंहले दुई विकेट लिए भने अलि खान र मोहम्मद मसिनले एक–एक विकेट लिएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्