टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान र वेस्ट इण्डिजको विजयी सुरुआत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०८२, शनिबार
3 Min Read
Aa

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । शनिबार श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब मैदानमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै पहिलो जीत दर्ता गरेको छ ।

नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले खेल सकिन ३ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानको जीतमा ओपनर साहिवजादा फरहानले सर्वाधिक ४७ रनको महत्त्वपूर्ण इनिङ खेले । फहिम असरफ २९ रनमा अविजित रहे भने सैम अयुबले २४ रन जोडे । अन्य ब्याटरहरूमा बाबर आजमले १५ र कप्तान सलमान आगाले १२ रन जोडे । नेदरल्यान्ड्सका बलरहरू आर्यन दुत र पाउल भान मिकेरेनले समान २–२ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

- Advertisement -
Ad image

यसअघि टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १ बल बाँकी छँदै सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३७ रन जोडे भने बास डे लिडेले ३०, माइकल लेभिटले २४ र कोलिनले २० रनको योगदान दिए । पाकिस्तानका बलर सलमान मिर्जाले ३ विकेट लिएर घातक बलिङ गरे । मोहम्मद नवाज, अबरार अहमद र सैम अयुबले समान २–२ विकेट हात पारे ।

आजै भएको दोस्रो खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेर विश्वकपमा विजयी शुरुवात गरेको छ । वेस्टइण्डिजले दिएको १८३ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.५ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले सर्बाधिक ४२ रन बनाएका थिए भने टम ब्रुसले ३५ रन र जर्ज मुन्सीले १९ रन बनाएका थिए ।स्कटल्याण्डलाई अल आउट गर्नेक्रममा रोमारियो शेफर्डले ह्याट्रिकसहित एक ओभरमा ४ विकेट लिएका थिए भने उनले कुल ५ विकेट लिएका थिए । त्यस्तै जासन होल्डरले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको थियो । वेस्टइण्डिजका लागि शिमरोन हेटमायेरले सर्बाधिक ६४ रन बनाएका थिए भने ब्राण्डन किंगले ३५, शेरफान रुथरफोर्डले २६ र रोभमन पावेलले २४ रन बनाएका थिए । त्यस्तै कप्तान शाइ होपले १९ रन बनाएका थिए ।

त्यसैगरी स्कटल्याण्डका बलर ब्राड करीले २ विकेट लिए भने सफयान शरिफ, ओलिभर डेभिडसन र माइकल लिस्कले एक एक विकेट लिएका थिए । यो जितपछि अब वेस्ट इण्डिजले अर्को खेल फेब्रुअरी ११ मा इङल्याण्डसँग खेल्ने छ भने स्कटल्याण्डले अर्को खेल फेब्रिअरी ९ मा इटालीसँग खेल्ने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्