माघ १९ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि. सं.. २०८२ माघ १९ गते सोमबार ई. सं. २०२६ फेब्रुअरी २ नेपाल सम्बत ११४६ सिल्लागा पारू, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, आयुष्मान योग, बालव करण एवं विश्व सिमसार दिवस । आज बिहान ६ बजेर ५१ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ४५ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– नियमित कार्यमा मन लाग्नुका साथै सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउला । मानसम्मान पनि पाइने देखिन्छ । विशेष कार्य गर्दै हुनुहुन्छ भने परिवारजनको सहयोग लिने प्रयास गर्नु उचित होला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु बेस हुनेछ । स्वास्थ्यगत रूपले आज केही कमजोर भएको अनुभूति हुनसक्छ । यसका बाबजुद बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– हिम्मतले काम बनाउन सकिने समय छ । कामबाट फुर्सदिलो भएको अनुभूति होला । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालन कार्यमा खर्च बढ्ने देखिन्छ । आरोग्यता रहनुका साथै रसरागमा आकर्षण बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सेवामूलक कामबाट धनलाभ हुने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । पढाइलेखाइमा भने सामान्यमात्र प्रगति होला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ भने गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– नियमित कार्यमा जाँगर बढेपनि आजको परिस्थिति अलिक संघर्षमय रहला । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । जिद्दी गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसँग सामान्य मनमुटाव पनि पर्नसक्ने सम्भावना छ । अप्ठ्यारा कामको बोझ थपिन सक्ने योग छ । पढाइलेखाइमा भने प्रगति होला । उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । यात्रापरक काम बन्नेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, सचेत रहनुहोला । पारिवारिक असमझदारी बढ्ने योग छ । आरोग्यता रहनेछ । सुख–सुविधाको बस्तुमा धन खर्च हुनसक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– नयाँ कामको प्रस्ताव आउने तथा समस्यामा सहयोगीहरू भेटिने समय छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने देखिनछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्नेछ इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । रसरागको भाव वृद्धि हुनेछ । आरोग्य बढ्नेछ, रसरागमा आकर्षण रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आम्दानी वृद्धिका काम सुरु गर्न सकिने समय छ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुने देखिन्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले चाहिँ काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ । तर, अस्वस्थताले काममा ढिलासुस्ती हुने तथा अप्रिय समाचारले निराश तुल्याउन सक्ने योग छ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा लगाव बढ्ला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– पराक्रम वृद्धि हुनुका साथै तपाईंको प्रतिभाको कदर हुने समय छ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिएला । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । सामाजिक कार्यले सम्मानित स्थान दिलाउला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । सुख-विलास पनि बढ्ने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आजको दिन भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ, ध्यान राख्नुहोला । मान्यजनसँग असमझदारी बढ्ने योग छ । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नचिताएको ठाउँमा धननाश हुने सम्भावना छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनसक्छ, धैर्य राख्नुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । कर्मबलमा भने कमी आउनेछैन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपरे पनि नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुनसक्छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला, ध्यान राख्नुहोला । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । शुभता तथा भाग्य वृद्धि हुने देखिन्छ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– मान र विद्या प्राप्त हुने समय छ । अध्ययन-अध्यापनमा प्रगति होला । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । विशेष उपहार प्राप्त हुनुका साथै राम्रै धनलाभ हुने देखिन्छ । व्यापार-व्यवसायमा लाभ हुनेछ भने व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । रसरागको कार्यक्रममा आकर्षण रहला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्