निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ जनालाई स्पष्टीकरण सोधियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिसकेको छ ।

आईतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ आइसकेको जानकारी दिए ।

- Advertisement -
Ad image

उनका अनुसार कानूनी प्रावधानअनुसार सफाइको अवसर नदिई कारबाही गर्न नपाइने भएकाले आयोगले पहिला स्पष्टीकरण सोध्ने प्रक्रिया अपनाएको बताए ।

‘प्राप्त उजुरीहरूमध्ये २३ वटा उजुरी परेको छ । जसमा सम्बन्धित व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोध्ने काम भएको छ । १२ वटाको जवाफ आइसकेको छ । आयोगले कारबाही गर्नुअघि अनिवार्य रूपमा स्पष्टीकरण सोध्नुपर्छ । चित्त बुझ्दो जवाफ आएमा सफाइ दिइन्छ,’ भट्टराईले भने, ‘यदि चित्त बुझ्दो जवाफ आएन भने कारबाही गरिनेछ ।’

निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी तथ्यसहितका उजुरी तथा गुनासो दर्ता गर्न आयोगले छुट्टै इमेल ठेगाना सार्वजनिक गरेको उनले जानकारी दिए । उनका अनुसार ‘ईसीएम डट सीओसी एड द रेट इलेक्सन डट जीओभी डट एनपी’ इमेलमार्फत आयोगमा उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले बताए ।

उनले भने, ‘आयोगको तर्फबाट निर्वाचन आचारसंहिता सम्बन्धमा तथ्यसहित उजुरी गर्नलाई हामीले एउटा इमेल ठेगाना सार्वजनिक गरेका छौं । ‘इसीएम डट सिओसी एड द रेट इलेक्सन डट जिओभी डट एनपी’ त्यो चाहिँ आयोगको तर्फबाट उजुरी र गुनासो गर्नलाई व्यवस्था गरिएको इमेल हो ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्