आज दुई फिल्म ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’रिलिज हुँदै, कस्तो रहला व्यापार ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आउन लागेका छन् । फिल्म ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ आजदेखि सिनेमा घरमा रिलिज हुदै छन् ।

दुवै फिल्मको बुधबारबाट देशभरका मल्टीप्लेक्सहरूले दुवै फिल्मको शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला गरेका थिए । दुई फिल्ममध्ये ‘आ बाट आमा’ले देशभर शुक्रबारका लागि देशव्यापी १३८ शो भएको छ भने फिल्म ‘द ब्लू लाइट’ले ६१ शो पाएको छ ।

- Advertisement -
Ad imageAd image

फिल्म ‘आ बाट आमा’ आमा-छोराबीचको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथामा बनेको छ भने फिल्म ‘द ब्लू लाइट’ साइकोलोजिकल थ्रिलर हो ।

चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा’ मा विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, दीलिप उखेडा, हेमराज अधिकारी लगायतको अभिनय रहेको छ ।

त्यस्तै, बलिराम चौहानको निर्देशनमा तयार भएको ‘द ब्लू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायतको अभिनय रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्