माघ ०८ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ माघ २०८२, बिहीबार
6 Min Read
Aa

आज मिति वि. सं. २०८२ माघ ०८ गते बिहीबार ई. सं. २०२६ जनवरी २२ नेपाल सम्बत ११४६ पोहेलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण चतुर्थी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, वारियान योग, वणिज करण एवं गणेशको जन्म भएको तिथि तिलकुन्द चौथी । आज बिहान ६ बजेर ५६ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर ३६ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– नयाँ कामको प्रस्ताव आउनेछ भने समस्यामा सहयोगीहरू भेटिने समय छ । धन आर्जनको योग छ । अध्ययन–अध्यापनमा प्रगति होला । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । बौद्धिक र रचनात्मक काम सार्थक रहनेछन् । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह वृद्धि होला । समष्टिमा आजको दिन सुखदरूपले नै बित्ने देखिन्छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– हिम्मतले काम बनाउन सकिने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । जोखिम वृद्धि र केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रजनको साथ-सहयोगले उत्साह जगाउला । रसरागमा आकर्षण बढ्नेछ । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि हुनाले कठिन कार्य पनि सहजै पार लाग्ने देखिन्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान-सम्मान दिलाउनेछ । विशेष लाभदायी काम प्रारम्भ हुने देखिन्छ । साझेदारीमा फाइदा र आयआर्जनका स्रोतसमेत बढ्ने देखिन्छ । प्रेम र मित्रताको गाँठो कसिने योग छ । आजको दिन यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । आजको दिन आत्मबल जागृत गरी प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– आजको दिन घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहनेछ । व्यवसायमूलक काममा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् भने काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । अनुभवी तथा वरिष्ठ ब्यक्तित्वको सहयोग जुट्नेछ । आरोग्यबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– सानो प्रयासले पनि ठुलै काम बन्न सक्ने समय छ । भाग्यबल बढ्नाले रोकिएको काम बन्ने तथा आफन्तको साथले उन्नति हुने देखिन्छ । मनको डर उत्साहमा रूपान्तरित होला । धर्मकर्म तथा परोपकारसम्बन्धी कार्यमा आकर्षण बढ्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । परिवारजनसँग आत्मीयता बढ्ला । शत्रुपक्ष परास्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– अनावश्यक दौडधुपमा आजको समय बित्न सक्छ, समयको बर्बादीबाट जोगिन विशेष सोचसमझका साथ कार्य गर्नु उचित होला । आर्थिक कारोबारमा पनि विशेष सजगता अपनाउनुहोला । फाइदाका लागि योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । दाम्पत्य सम्बन्धलाई मजबुत तुल्याउन व्यवहारमा लचकता अपनाउनुपर्ने देखिन्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्ने योग छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– उत्साहजनक समाचारले मन प्रशन्न तुल्याउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने सन्तानपक्षका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । मित्रहरूका बीच प्रभाव बढ्ने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । तर आजको दिन चुनौती पनि वृद्धि होला । आर्जित धन खर्च हुन सक्छ । महत्वपूर्ण कार्यमा आफ्नै प्रयासले लाभ मिल्न सक्छ । व्यापारमा फाइदा हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– मिश्रित फलदायी समय छ । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति होला । तथापि, आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्ने देखिन्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभावसमेत देखापर्ने सम्भावना छ । फजुल खर्चबाट जोगिने प्रयास गर्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा पनि ध्यान दिनु उचित हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अन्ततः जित तपाईंकै हुनेछ । बोलीको भरमा काम सम्पादन हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभावले प्रशंसकहरू बढ्नेछन् । स्वास्थ्य सबल रहला । व्यस्तता केही बढेपनि रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– भाग्योदयको समय छ । कामबाट सजिलै फुर्सद पाइनुका साथै प्रशन्नता मिल्ने दिन छ । माया गर्ने आफन्तसँग भेटघाट हुने योग छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने सम्भावना छ । धन आर्जनको अवसर जुर्ला । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । विपरीतलिंगी मित्रको साथ-सहयोग रहनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्