माघ ०६ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०८२, मंगलवार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ माघ ०६ गते मंगलबार ई. सं. २०२६ जनवरी २० नेपाल सम्बत ११४६ पोहेलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण द्वितीया, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सिद्धि योग, बालव करण । आज बिहान ६ बजेर ५६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ३५ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– आजको दिन अनुकूलता वृद्धि भइ चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउने देखिन्छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउला । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । नयाँ कामको प्रस्तावप्रति सचेत रही कर्म गर्नुहोला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने सम्भावना छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने योग छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्त एवम् नजिकका साथीभाइबाट समेत टाढिनुपर्ने समय छ । रचनात्मक कामले सफलता दिलाउला । आज सक्दो मौनता अपनाइ दिन बिताउने प्रयत्न गर्नु हितकर हुनेछ । धर्मकर्ममा आकर्षण रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ, तर आजको दिन बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ, ख्याल राख्नुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । नियमित कार्यमा पनि अरुको भर नपर्नु उचित होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने दिन छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । धनलाभको सम्भावना प्रवल छ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ भने परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । यात्रागत कार्य सार्थक रहला । परिवारिक सुख वृद्धि हुनेछ । समग्रमा दिन रमाइलैसँग बित्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– नियमित कार्यमा जाँगर बढ्ने एवम् विशेष योजनाहरू बन्ने समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने देखिन्छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । आज स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना रहेकोले खानपानमा चाहिँ विशेष सजगता अपनाउनु हितकर हुनेछ । प्रेमभाव वृद्धिका साथै रसरागात्म क्रियाकलापतर्फ मन आकर्षित रहने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुने देखिन्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहला । तथापि, असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पनि पर्न सक्छ । आम्दानीको स्रोत बिगार्नेहरू सक्रिय रहलान् । विशेष कर्मबाट सोचेभन्दा कम फाइदा मिल्ने देखिन्छ, धैर्यताका साथ कर्म गर्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– मिश्रित फलदायी दिन छ । ब्यस्तता केही बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले कामहरु बिग्रन पनि सक्छ । तथापि, सहयोगीहरूले राम्रै साथ दिनेछन् र प्रतिस्पर्धी परास्त हुनेछन् । अवसरको सही उपयोग गर्न नसक्दा महत्वपूर्ण लाभको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । निकटका मित्रजनको सहयोग मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि पराक्रम र उत्साह बढ्ने दिन छ । धन आर्जन गर्ने अवसर जुर्न सक्छ, चनाखो रही व्यवहार गर्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ भने विदेश भ्रमणका लागि गरेको प्रयत्न फलदायी रहला । आफन्तको साथ–सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुने दिन छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आजको दिन काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । विशेष मेहनतले लाभ दिलाउला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्तिको योग रहेपनि निकट सहयोगीहरूबाट धोका पाइने सम्भावना रहेकोले सचेत रहनुहोला । शत्रुमाथि विजयको योग छ । प्रतिकुलताका बाबजुद रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– दीगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । लाभ हुने काम प्रारम्भ गर्न सकिएला । तर, विशेष कार्यको योजनामा हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कार्यको राम्रै मूल्यांकन हुने देखिन्छ । साझेदारीमा पनि फाइदा हुने योग छ । मित्रजनसँग स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सबल स्वास्थ्यका लागि आजको दिन खानपानमा नियन्त्रण गर्नु उचित हुनेछ । यात्रागत कार्य सफल रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । स्वास्थ्यस्थितिमा सुधार आउनुका साथै रोकिएका काम बिस्तारै बन्नेछन् । विभिन्न अवसरले पछ्याउने योग छ । बोली र ब्यक्तित्वको प्रभाव पनि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । आत्मविश्वास बढ्नेछ, तर अनावश्यक वादविवादमा परिने सम्भावना रहेकोले मित्रजनसँगको ब्यवहारमा विशेष सजगताको खाँचो छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– परिश्रमले धेरै काम बन्नेछन् आर्थिक रुपले मनग्य कमाउन सकिने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला । तथापि, होसियारीसाथ काम लिनुपर्ने देखिन्छ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । आफन्त एवम् मित्रजनको साथ-सहयोग रहने देखिन्छ । भोगविलासको भाव जागृत हुने योग छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्