कांग्रेस सभापतिमा गगन थापालाई बढुवा गर्ने बन्दसत्रको उद्घोष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसको विधान महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापालाई पार्टी सभापतिमा बढुवा गर्ने उद्घोष गरिएको छ । बन्दसत्रका सभापति तारामान गुरुङले बन्दसत्र समापन सम्बोधन गर्दै विशेष महाधिवेशनको लक्ष्य रहेको खुलासा गरेका छन् ।

उनले भने, ‘हाम्रो उद्देश्य, जमर्काे, आम दाजुभाइको सरसल्लाह, के गर्ने भनेर पठाएको थियो, त्यो काम गर्न बाँकी छ, त्यो काम हो – कांग्रेसको सभापतिमा गगन थापालाई बढुवा गर्ने । हामीले इमान्दारसाथ कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गरेर एकमोर्चाका साथ अगाडि बढ्नेछौं ।’

- Advertisement -
Ad image

यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले बाहिर छलफलको हल्ला गरेर बदनाम गर्न खोजिएकाले महाधिवेशनको बन्दसत्रले नै निर्णय गर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘बाहिर केही हुँदैन, विशेष महाधिवेशनको हलबाट निर्णय हुन्छ । कहिले टिकटको हल्ला चलाइदिएको छ, कहिले केको हल्ला चलाएको छ । यत्रो जोखिम उठाएको छ, यसलाई बदनाम गर्न खोजिएको छ, टिकटको हल्ला चलाएको छ,’ उनले भने, ‘नेतृत्व फेरौं, नीति फेरौं भनेका छौं । हामी चुनाव लड्न पनि तयार छौं, नलड्न पनि तयार छौं । यसरी हलुका ढंगले नलिऊ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्