गगन र विश्वलाई देउवाले वार्तामा बोलाए: फुट नजिक पुग्यो कांग्रेस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पटाउँदै दुई महामन्त्रीलाई वार्तामा बोलाएका छन् । सभापति देउवाले पत्र पठाएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई वार्ताका लागि बोलाएका हुन् । सभापति देउवाले नेता डा. शेखर कोइरालालाई पार्टीमा एकताको पहल गर्न आग्रह गर्दै महामन्त्रीहरुसँग छलफल गर्न आग्रह गरेका थिए ।

सभापति देउवाले पार्टी एकता बचाउन गरेको आग्रह अनुसार कोइरालाले महामन्त्रीहरुसँग भेटे गरिरहेको बताइएको छ ।

- Advertisement -
Ad image

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न अगाडी बढेपछि संस्थापन पक्षका नेताहरू परामर्शमा जुटेका थिए । संस्थापन पक्षका नेताहरूले अहिले पनि विशेष महाधिवेशनलाई मान्यता नदिने र चुनावपछि नै नियमित महाधिवेशन हुने बताउँदै आएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्