काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेका हुन् ।
उनको सचिवालयका अनुसार राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न लागेका हुन् । घिसिङले राजीनामा दिनेबारे बुधबार पार्टीका नेताहरु र मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरेका थिए ।
उज्यालो नेपाल पार्टीका नेताहरुले राजीनामा नदिन दिएको सुझावलाई समेत उनले अस्वीकार गरेका थिए । बाहिर राजीनामा दिनुपर्ने कुरा उठेकाले अब मन्त्री पदमा नबस्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्