फरक विचार राखेकै कारण निधिमाथि गलत व्यवहार भएको हो भने त्यो झनै निन्दनीय: गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजो सानेपास्थित पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिमाथि भएको व्यवहार गलत भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले विधिबाहिर जाने कुनै बाटो नरहेको बताँउँदै घटनाबारे पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा व्यक्त गरेको धारणासँग आफू सहमत रहेको उल्लेख गरेका छन्। असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्ने र फरक मत राख्ने व्यक्तिको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्ने र फरक मत राख्ने व्यक्तिको सम्मान गर्नुपर्ने स्पष्ट पारेका छन् ।

- Advertisement -
Ad image

उनले कांग्रेस परिवर्तन चाहने पार्टी भएको उल्लेख गर्दै परिवर्तनको चाहनामा विधि, विधान र प्रक्रियाभन्दा बाहिर जाने कुनै बाटो नरहेको स्पष्ट पार्दै फरक विचार राखेकै कारण कुनै घटना भएको हो भने त्यो झनै निन्दनीय हुने जनाएका छन् ।

महामन्त्री थापाले पार्टीभित्र देखिने असहमतिका विषयलाई पनि प्रक्रियामै समाधान गर्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले समग्र नेपाली कांग्रेसका शुभेच्छुकहरूलाई सम्बोधन गर्दै प्रक्रियामा विश्वास गर्न आग्रह गरेका छन्।

उनले लेखेका छन्, आज पार्टी कार्यालय बाहिर आदरणीय नेता बिमलेन्द्र निधि प्रति भएको व्यवहार गलत छ। यो विषयमा मेरो धारणा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणासँग समान छ।

असल प्रजातन्त्रवादीले ‘सत्यको अनेकता’मा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ।

म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौ तर विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्