कुलमान र रास्वपाबीच एकता सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – आसन्न चुनावमा एकीकृत भएर प्रतिस्पर्धा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच सहमति जुटेको छ ।

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम समयमा पुगेर रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिचको वार्ता सहमतिमा पुगेको हो । सहमति अनुसार कुलमानको टिमलाई समानुपातिकमा १८ जना समावेश गरिने गरी सहमति भएको बताइएको छ ।

- Advertisement -
Ad image

तत्काल समानुपातिक सूची बुझाएर पार्टी एकीकरणको थप विषयमा औपचारिक सहमति हुने जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्