आज मिति वि. सं. २०८२ पुष १० गते बिहीबार ई. सं. २०२५ डिसेम्बर २५ नेपाल सम्बत ११४६ पोहेलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण पञ्चमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठ नक्षत्र, वज्र योग, बालव करण, इशाई धर्मावलम्बीहरुको क्रिसमस-डे । आज बिहान ६ बजेर ५२ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर १६ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तताका साथ काममा जोखिम बढेपनि कठोर मिहिनेतले काम बन्ने समय छ । लगनशीलताले ठूलो काम बन्न सक्ने देखिन्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने एवम् पैत्रिक सम्पत्तिमा विवाद आउने योग छ । मातापिताका बारेमा चिन्ता बढ्ला । विश्वासपात्रले धोका दिनेछन् । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सोचेभन्दा बढी नै लाभ हुने र शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । उद्योग– व्यापारमा विशेष फाइदा हुनेछ । साझेदारी काममा विशेष लाभ मिल्ला । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अधुरा कामले पनि पूर्णता पाउला । रमाइलो यात्राको योग छ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । यात्रापरक काम बन्नाले मन उत्साहित होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): वौद्धिकता र रचनात्मकताले समस्याको समाधान प्राप्त हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने योग छ । वाहन र दाम्पत्यजीवन रमाइलो रहनेछ । आम्दानी बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । मौकाको फाइदा उठाउन नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ । आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । विगतका कामको उचित प्रतिफल प्राप्त हुने योग छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन बाध्यतापूर्ण काममा समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । विगतका निर्णयको गलत परिणाम आउनसक्छ, तर समस्यामै परिने सम्भावना भने देखिन्न । मान्यजनको सुझावप्रति विश्वास नलाग्ला । प्रलोभन देखाउनेहरूको प्रभावमा पर्दा नियमित खर्च वृद्धि हुन सक्छ । आरोग्यबल बढ्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । समस्यामा मातापिताको सहयोग प्राप्त होला । कतै अतिथिको रुपमा सम्मान मिल्ने योग छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले पराक्रम वृद्धि र उत्साह थपिनेछ । विपरीतलिंगीको सहयोगबाट महत्वपूर्ण काम बन्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नाले लक्ष्यमा पुग्न सकिनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा विशेष फाइदा मिल्ने योग छ । प्रतिष्ठा आर्जनको योग छ । आरोग्यबल वृद्धि र यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही प्रतिकुल अनुभूति हुन सक्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि खासै साथ नदेलान् । फाल्तु भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने सम्भावना छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहने योग छ । जिम्मेवारी भने बढिरहनेछ् । सुख सुविधाको वस्तु खरिदमा खर्च बढ्न सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बिनाप्रतिस्पर्धा फाइदा मिल्ने समय छ । धन आर्जनको अवसर जुर्ला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । तर, आफ्नै कमजोरीले विवादमा परिने योग छ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । सद्विचारबाट अभिप्रेरित हुनेहरूको यश–वर्चश्व बढ्नेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । कर्मबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । कुनै नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्यांकन हुनुका साथै पारिवारिक आवश्यकता पूर्ति हुने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइने योग छ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने र समस्य थपिने सम्भावना छ, ध्यान राख्नुहोला । व्यापार–व्यवसायबाट भने विशेष लाभ लिन सकिनेछ । समय छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): इमानदार प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने समय छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले समेत सताउने योग छ । पठनपाठनमा त्यति समय दिन नसकिएला । इर्ष्यालुजनले आलोचना गर्न सक्छन् । खर्चवृद्धिले मन पिरोल्न सक्छ । निरर्थक भेटघाटमा अलमलिनाले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । तथा,ि नियमकानूनले साथ दिनाले आफ्नो दायित्व निर्वाह गर्नुहुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सोच्दै नसोचेको काम सम्पादन हुने समय भएपनि आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ । महत्वपूर्ण कार्यमा रोकावट र मान-सम्मानमा आघात पुग्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मित्रजनको सहयोगबाट मुस्किलले बन्नेछन् । फजुल खर्च वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्