एमाले महाधिवेशन: मतदान सकियो, २ हजार २२७ मत मात्रै खस्यो !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ ।

- Advertisement -
Ad image

८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको भएपनि मतदान प्रक्रिया निकै लामो भएको छ । केन्द्रीय निर्वाचन आयोगले मतदान सकिएको तीन घण्टामै नतिजा सार्बजनिक गर्ने बताएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्