महासचिवमा नअटाएका एमाले उपमहासचिव ज्ञवालीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० मंसिर २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ११औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

महासचिवको आकांक्षी रहेका ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा महासचिवमा शंकर पोखरेललाई नै दोहोर्‍याउने देखेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

- Advertisement -
Ad imageAd image

अध्यक्ष ओलीको प्यानलमा ज्ञवालीमा उपाध्यक्षमा राखिएको भए पनि उनले उपाध्यक्षमा उम्मेदवार नबन्ने अडान लिएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । ओलीले महासचिवमा पोखरेललाई नै दोहोर्‍याउने भएपछि असन्तुष्टि बढेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्