आज मिति वि. सं. २०८२ साल मंसिर २८ गते आईतबार तदनुसार सन् २०२५ डिसेम्बर १४ तारिख । पुष कृष्ण पक्षको दशमी तिथि ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भाग्योन्नतिको समय छ । नियमित कार्यमा सहयोगीहरूले साथ दिनेछन् र सोचेअनुरुप सफलता मिल्नेछ । परिश्रम केही बढेपनि आर्थिक उपार्जनमा सुधार आउला । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने योग छ । नयाँ काममा हात हाल्न सकिनेछ । धन आर्जनका साथै मित्रजनका साथ मिठो भोजन प्राप्त हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कतिपय बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग छ । आम्दानी बढ्नेछ । प्रेमको बन्धन कसिएला । प्रतिस्पर्धी परास्त हुनेछन् । व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नपर्ला । पारिवारिक समस्याको समाधान मिल्नेछ । स्वास्थ्य सबल रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): वौद्धिकता तथा रचनात्मकता वृद्धि भइ परिवारजन र बन्धु–बान्धवबीच आत्मीय भाव बढ्ने समय भएपनि आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । व्यवसायिक कार्यमा खर्च बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिएला । आत्मीय मित्रसँग बिग्रिएको सम्बन्धमा सुधार ल्याउने अवसर जुर्ने सम्भावना छ । समस्याको समाधान मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ र नियमित कार्यमा प्रगतिको योग छ । केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान–सम्मान बढ्नेछ । आरोग्यबल बढ्नेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुने देखिन्छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ । उठ्नुपर्ने रकम पनि हातलागी हुने देखिन्छ तर भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । प्रशंसकहरू बढ्नेछन् । विचारले धेरैलाई आकर्षण गर्न सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । सुखद यात्राको सम्भावना छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अरूको विश्वास जिते पनि आफन्तजनबाट धोका हुनसक्ने समय छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण–पोषणमा खर्च वृद्धि होला । नियमित कार्यप्रतिको उत्साहमा कमी आउनेछ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, कर्मबल बढ्नेछ, साथीभाइको सहयोग मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ काम र जिम्मेवारी हातपर्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ला । रोकिएका कामसमेत सम्पादन हुनेछन् । अध्ययन–अध्यापन कार्यमा पनि राम्रै प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ने योग छ । भाग्य वृद्धि हुनेछ । धन सम्पदामा बढोत्तरी हुने देखिन्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता केही बढेपनि सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुनेछ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ । प्रशंसकहरू बढ्नेछन् । वैदेशिक यात्राको कार्य अघि बढ्ने देखिन्छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यबल पनि बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रतिष्ठित काम गर्ने मौका जुर्ने दिन छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा आर्जनको अवसर जुर्ला । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा प्रगति हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ । समग्रमा दिन उत्साहपूर्ण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्नसक्ने योग छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । यसका बाबजुद पारिवारिक जमघटमा मन रमाउला । रसरागमा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । व्यावसायिक काम सम्पादन गर्न सकिएपनि विद्या आर्जनमा कमजोरी रहनेछ । इष्टदेवको पूजा–उपासनाले आंशिक लाभ मिल्नेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्यजीवन सुखद रहनेछ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठन कार्यमा विशेष प्रगति हुनेछ । सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । आजको दिन आर्थिक अभावले भने अलि सताउने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । आफन्तजनको साथ पनि मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्