आज मिति वि. सं. २०८२ मंसिर १० गते बुधबार ई. स. २०२५ नोभेम्बर २६ नेपाल सम्बत ११४६ कछलागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण षष्ठी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वृद्धि योग, कौलव करण । आज बिहान ६ बजेर ३३ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर १० मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनाले खुशी बढ्नेछ । पशुधन र जमिनबाट पनि केही न केही लाभ नै मिल्ने योग छ । प्रमभावका साथ सन्तानसुख बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन कामको बोझले थाकेको महसूस हुनसक्छ । घर-गृहस्थीमा पनि केही समस्या आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सोचविचार गरेर लिएको निर्णय पनि गलत ठाउँमा पर्नसक्ने योग छ, ध्यान राख्नुहोला । विशेष कार्यमा कडा प्रयाासका बाबजुद सफलता हात नलाग्न सक्छ । कतै वादविवादको सम्भावना छ, सकभर कम बोल्नु हितकर हुनेछ । यात्रापरक काम भने बन्ने देखिन्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन, कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुविधा रहनसक्ने समय छ । तथापि, सामाजिक काममा नाम रहने छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिएला । साझेदारीको व्यवसायबाट राम्रै लाभ हुने योग छ । विशेष कार्यमा विपरीतलिंगी मित्रको साथ–सहयोग रहनेछ । प्रेमभाव वृद्धिका साथै रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । शत्रुपक्ष पराजित हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक कार्यका लागि नेतृत्वदायी भूमिकामा खटिनुपर्ने समय छ, जसले मान प्रतिष्ठा वृद्धि गर्ला । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुनुका साथै काम बन्नाले मन रमाृउने देखिन्छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । शिक्षा क्षेत्र उपलब्धिमूलक रहनेछ । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ । स्वास्थय सबल रहला । खर्चको मात्रा कम गर्न याोजना र बजेट बनाएर आर्थिक व्यवहार गर्नु उचित हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । पारिवारिक सुखशान्ति रहेपनि निकट मित्रसँग विवादको योग रहेकोले संयमपूर्ण व्यवहारको दरकार छ । आजको दिन सोच्दै नसोचेको स्थानबाट लाभ हुने सम्भावना छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । यात्रामा रमाइलो अनुभू ितगर्न सकिनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ, ध्यान राख्नुहोला । साहित्यिक कार्यमा मन जानेछ । स्वास्थ्य केही कमजोर रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): चुनौतीयुक्त समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । खानपानमा विशेष ध्यान राख्नुहोला । आजको दिन पढाइलेखाइमा पनि खासै ध्यान दिन नसकिएला । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनु उचित होला । नियमित कार्य–व्यवहार सामान्य रहेपनि आर्थिक क्रियाकलापमा सजगता अपनाउनु उचित हुनेछ । मित्रजनको साथ–सहयोगले यात्रागत कार्य सफल रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने आर्थिक पक्ष सबल बन्ने देखिन्छ । बुद्धिविवेकले राम्रो साथ दिनाले चुनौतीहरू सजिलै पार लाग्नेछन् । विशेष मामलामा अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमन हुनसक्छ, जसले पारिवारिक माहोल रमाइलो तुल्याउला । आरोग्यबल बढ्नेछ । विरोधिपक्षमाथि विजय प्राप्त हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ भने प्रतिस्पर्धीहरू पराजित हुनेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ । अप्रत्यासित रूपले उपहारप्राप्ति वा धनलाभ हुने योग छ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ भने मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सफल रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): घरायसी समस्याले केही सताए पनि गरेका कार्य सफल हुनाले आजको दिन मन सन्तुष्ट रहनेछ । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ भने सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान प्राप्तिको योग छ । आर्थिक उपार्जनको अवस्था राम्रै रहनेछ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने परिस्थिति पैदा हुनसक्छ, सजग रहनुहोला । चुनौतीका बाबजुद दायित्व निर्वाहमा सफल रहनुहुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): खर्चको मात्रा केही बढेपनि नयाँ काम सुरु गर्ने समय छ । नियमित कार्यमा भने ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुने देखिन्छ, सावधान रहनुहोला । स्वास्थ्य केही कमजोर रहने योग छ, सबल स्वास्थ्यका लागि आहारबिहारमा ध्यान दिनु उचित हुनेछ । महत्वपूर्ण कार्यमा अरूको भर पर्दा धोका हुन सक्छ । बोली र व्यवहारमा संयमता अपनाएर व्यवहार गर्नुहोला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने देखिन्छ । बन्न लागेको काम बिग्रन सक्छ, तथापि आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिएला । दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोगले हौसला वृद्धि होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ काम सुरु गर्ने समय छ । व्यापार–व्यवसायमा राम्रै लाभ होला । आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका काम बन्नेछन् । आफन्तको साथ मिले पनि मित्रजनले भने निराश तुल्याउने योग छ । लेखन–प्रकाशनसित सम्बन्धित काम सार्थक रहनेछ । सुख–सुविधाका बस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्