साताको दोस्रो कारोबार पनि नेप्सेको गिरावट कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालो लागेको छ । आईतबारको तुलनामा सोमबार सूचक ५.८० अंकले घटेको हो ।

सोमबार ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५६०.२९ बिन्दुमा पुगेको हो । सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ९० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, सोमबार ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

- Advertisement -
Ad image

आजको सेयर कारोबारमा दरमखोला हाइड्रो इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । सोमबार झिनो अंकले नेप्से घट्दा होटेल तथा पर्यटन, लगानी र व्यापार समूह बाहेक सबे समूहको उपसूचक नकारात्मक रह्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्