आज मिति वि.सं. २०८२ कात्तिक २२ गते शनिबार ई.सं. २०२५ नोभेम्बर ८ नेपाल सम्बत ११४६ कछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, मङ्सिर शुक्ल पक्ष तृतीया, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, शिव योग, विष्टि करण । आज बिहान ६ बजेर १९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर १७ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने दिन छ । स्वास्थ्य सबल रहला । नियमित काममा पनि फाइदाको योग छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । विभिन्न सहयोग र उपहार पाइने देखिन्छ । भौतिक साधन जुट्नुका साथै आयआर्जन राम्रै होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मिठो भोजन मिल्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । अरुको काममा ज्यादा समय खर्च गर्नुपर्ने देखिन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने राम्रै लाभ मिल्ने योग छ । स्वास्थ्य केही कमजोर रहला । आजको दिन अनावश्यक भ्रमणबाट जोगिने प्रयत्न गर्नुहोला । परिवारजनको साथले आत्मविश्वास बढाउनेछ । आफन्तजनको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नसक्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्ने योग छ । तर, समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ, आजको दिन आर्थिक कारोबार नगर्नु उचित हुनेछ । सानातिना घरेलु कार्यमै अल्झनुपर्ने देखिन्छ । बौद्धिक कर्मले सन्तुष्टि दिलाउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । नियमित कार्यमा पनि केही चुनौती बढ्न सक्छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । चोरी वा ठगीमा परिने योग छ । अनावश्यक दौडधुपमा समय बित्नसक्छ, महत्वपूर्ण कामलाई थाती राख्नु उचित हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । मेहनतअनुसार फाइदा कमै हुने योग रहेकोले व्यवसायिक कार्यमा भन्दा सामाजिक क्रियाकलापमा आफूलाई संलग्न गराउनु उचित हुनेछ । मित्रजनको साथ-सहयोग मिल्ने देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दीगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । शत्रुपक्ष परास्त हुनेछ । मित्रहरूका साथ रमाइलो यात्राको सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा हुनेछन् । आरोग्यबल बढ्नेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा लगाव बढ्ने देखिन्छ । पारिवारिक सुख–शान्ति रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दाम, इनाम र प्रतिष्ठाका साथ आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने समय छ । सामाजिक दायित्व बढेपनि परोपकारी कार्यको माध्यमबाट सन्तुष्टिको मात्रा बढ्नेछ । कामकै सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रेमभाव वृद्धिका साथै सन्तान पक्षबाट सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कीर्तिमानी काम गर्ने समय छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने देखिन्छ । व्यापार-व्यवसायमा राम्रै फाइदा होला । तथापि, आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सावधानीको दरकार छ । बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई विशेष लाभको योग छ । आजको दिन सवारीसाधन उपयोग गर्दा थप सावधानी अपनाउनुहोला । साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता केही बढेपनि श्रमको उचित मूल्यांकन हुने तथा लाभदायी काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । मित्रजनका साथ रमाइलो यात्राको अवसर जुट्ने सम्भावना छ । रोकिएको काम मिहेनतले बन्नेछ । सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ । सुख–सुविधाको वस्तुमा खर्च केही बढ्ने योग छ । शत्रुलाई परस्त गर्ने सकिनेछ । समग्रमा दिन उत्साहवद्र्धक रहला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जनका स्रोत बढ्ने र व्यापार-व्यवसायमा पनि अनपेक्षित फाइदा हुने समय छ । मेहनतले आम्दानी बढाउनेछ भने उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना प्रबल छ । साझेदारीमा राम्रो फाइदा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । खेलकुद, भ्रमण एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । विशेष कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, सजग रहनुहोला । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ने देखिन्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने योग छ । मित्रजनको साथ मिठो भोजन प्राप्त होला, तथापि खानपानमा नियन्त्रण राख्नु उचित हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहयोग पुग्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने परिवारजनबाट टाढिनुपर्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । स्वास्थ्य पनि केही कमजोर रहने योग छ । अस्वस्थताले महत्वपूर्ण काममा ढिलासुस्ती हुन सक्छ । बुद्धि–विवेकको सही प्रयोगले आर्थिक विकाससित सम्बन्धित विशेष कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुने समय छ । ब्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् भने रुचिका विषयमा लगानी बढाउन सकिनेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह-सहयोगले सन्तुष्टि दिने योग छ । साझेदारीको काम बन्नुका साथै सुख-सुविधाको वस्तु बढ्नेछन् ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्