कार्यवाहक सभापति खड्काले बोलाए महामन्त्रीसहित शीर्ष नेताको बैठक: महाधिवेशनबारे सहमति होला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका दुई महामन्त्रसहित शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सहमति खोज्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेताको बैठक बोलाएका हुन् ।

- Advertisement -
Ad image

बैठक बिहान ९ बजे ललितपुरस्थित धोबीघाटमा बस्ने तय भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजै दिउँसो बजे बस्न लागेको छ । १५औं महाधिवेशनको मितिबारे विवाद भएपछि गत शुक्रबारका लागि तय भएको बैठक स्थगित भएको थियो ।

शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नु पर्ने प्रस्तावसमेत गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्