आज मिति वि.सं. २०८२ कात्तिक १६ गते आईतबार ई.सं. २०२५ नोभेम्बर २ नेपाल सम्बत ११४६ कछलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष द्वादशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ध्रुव योग, वणिज करण । आज बिहान ६ बजेर १५ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर २१ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नियमित कार्यमा केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । तर, चुनौती सामना गर्नुपरे पनि व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । प्रेमभाव वृद्धि र सन्तानसुख बढ्नेछ । मित्रजनहरू सहयोगका लागि तत्पर रहनाले रोकिएको काम बन्नेछ । रसरागको भाव जागृत होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । भूमि तथा मातृधनबाट विशेष लाभ मिल्ने देखिन्छ । विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुनेछन् । दामपत्यसुख बढ्नेछ । बौद्धिक काममा विशेष सफलताको योग छ । पारिवारिक समस्याको समाधान मिल्नाले सुख वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका कामहरू पनि सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हातपर्न सक्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइएला । धैर्यले काम लिने प्रयत्न गरेमा सफलताको दर बढ्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्यमात्र लाभ मिल्ने देखिन्छ । सभा-समारोहमा सरिक भइ सम्मानसमेत मिल्ने योग छ । प्रतिष्पर्धामा विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वास्थ्य केही कमजोर रहनाले जाँगरमा कमी आएपनि जिम्मेवारी भने बढिरहने दिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाट धोका पाइएला । तथापि, नियमित व्यवसायबाट आम्दानी बढ्ने योग छ । रमाइलो यात्राको अवसर आउला । लेनदेनमा भने विवाद आउने सम्भावन रहेकोले आजको दिन आर्थिक कारोबार नगर्नु हितकर होला । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनु उचित हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): महत्वपूर्ण कार्यमा अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । खर्च वृद्धि र अनावश्यक व्यस्तताले मन असन्तुष्ट रहन सक्छ । आरोग्यबल बढ्नेछ भने रसरागका कार्यक्रममा आकर्षण रहनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । प्रयास गर्दा रोकिएका बन्नेछन् । समस्यामा मातापिताको सहयोग प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मातापिता र आफन्तको सहयोगले विशेष कामहरू बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी वृद्धिका साथै खर्चमा पनि केही बढोत्तरी आउला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण-पोषणमा खर्च बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । यात्रागत कार्यमा सफलता नै मिल्नेछ । ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमै काम पूरा नहुनाले खिन्नता बढ्ला । व्यावसायिक काममा खर्च बढ्नेछ । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने योग छ । नियमित कार्यमा सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । आरोग्यता रहनेछ । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । भए-गरेका काममा सफलता नै मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार-व्यवसायमा तत्काल लगानी नबढाउनु उचित हुनेछ । अध्ययन तथा अध्यापन कार्यमा राम्रै प्रगति हुने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न अवसर जुरे पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि आत्मविश्वासमा कमी आउनेछैन । तपाईंले अपेक्षा गरेका धेरैले सहयोगको तत्परता देखाउनेछन्, जसबाट नसोचेको फाइदा उठाउन सकिनेछ । खर्च केही वृद्धि भएपनि मिष्ठान्न भोजनको आनन्द पाइएला । बौद्धिक तथा रचनात्मक काम बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धैर्यले काम लिने प्रयत्न गरेमा चुनौतीपूर्ण र नसोचेका काम पनि बन्नसक्ने दिन छ । प्रतिस्पर्धाबाट विशेष फाइदा उठाउन सकिनेछ । छरछिमेकमा असमझदारी तथा विवादको योग भएपनि विजय तपाईंकै हुनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । आयबल वृद्धि होला । साझेदारीको काम बन्नेछ । सुख–सुविधाको वस्तु हासिल हुनुका साथै सुख-विलास पनि बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिष्ठित कार्य गरी मान-प्रशंसा मिल्ने समय छ । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुनसक्छ । पितृधन प्राप्ति र त्यसबाट विशेष लाभ मिल्ने योग छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार-व्यवसाय विशेष लाभप्रद हुनेछ । कर्मबल वृद्धिका साथै व्यवसायिक यात्राको सम्भावना छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । समग्रमा दिन मनोरञ्जनात्मक एवम् उत्साहवद्र्धक रहला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सामाजिक कामको दायित्व बढ्ने र अरूको जिम्मेवारीसमेत बहन गर्नुपर्ने समय छ । श्रमको उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । तर, पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । सानातिना काम या घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । परोपकारमा आकर्षण बढ्नेछ । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्