आज मिति वि.सं. २०८२ कात्तिक ०८ गते शनिबार ई.सं. २०२५ अक्टोबर २५ नेपाल सम्बत ११४६ कछलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष चतुर्थी, चन्द्रमा बृश्विक राशिमा, अनुराधा नक्षत्र, सौभाग्य योग, वणिज करण । आज बिहान ६ बजेर १० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर २७ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन विशेष योजना कार्यान्वयनमा दोधारको अवस्था सिर्जना भएपनि रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मीयजनसँग भेटघाट हुनुका साथै पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यसम्बन्धी पुरानो समस्या बल्झिने सम्भावना रहेकोले सावधानी अपनाउनु हितकर होला । आफ्ना कमी–कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुने देखिन्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केही चुनौती बढ्ने र नियमित कार्यमा व्यवधान पैदा हुनसक्ने समय छ । भौतिक साधनको खराबीले लक्ष्य प्राप्तिमा बाधा गर्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ । व्यवहारिक सक्रियतामा भन्दा कल्पना र भावनामा केन्दित भइने सम्भावना छ । बोलीको विपरीत अर्थ लाग्ने योग भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुपर्नेछ । प्रतिकुलताका बाबजुद नयाँ कामको प्रस्ताव आउने सम्भावना छ र त्यसका लागि सहयोगीहरू भेटिनेछन् । प्रेमभाव बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ कामको प्रस्ताव आउने र अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्ला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । सकारात्मक कार्यमा व्यस्तता वृद्धि होला । सभा–समारोहमा मान प्राप्त हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पढाइलेखाइमा प्रगति हुनेछ । कामको सफलताले थप हौसला जगाउनेछ । आरोग्यता रहनेछ । कर्मबल वृद्धिका साथै विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सन्तानपक्षबाट सुख मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । नियमित कार्यमा केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने सम्भावना रहेकोले संयमपूर्ण व्यवहारको दरकार छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गरी महत्वपूर्ण काम सम्पादन गर्न सकिने देखिन्छ । खर्चको मात्रा केही बढ्ने योग छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवसथा आउन सक्छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): उद्योग तथा व्यापारमा सामान्य फाइदा मिलेपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । तथापि, पराक्रमको माध्यमबाट जटिल काम सम्पादन हुनाले उत्साह बढ्ला । व्यापार–व्यवसायबाट विशेष फाइदा उठाउन सकिने देखिन्छ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । व्यक्तिगत कमी–कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । आरोग्यबल बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सदाचार र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । मित्रजनका साथ रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । शुभता बढेर रोकिएको काम बन्नेछ भने सामर्थ्य वृद्धि हुनेछ । खर्च वृद्धि हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुन सक्छ । पैत्रिक धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ । मित्रजनको सहयोग मिल्नेछ, तर परिवारमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने देखिन्छ । कामले धेरैको मन लोभ्याउन सकिएला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । कर्मबल बढ्नेछ । तथापि, चोरी वा ठगीमा परिने सम्भावना रहनुका साथै आर्थिक कारोबार गर्दा पनि निकै सजगता अपनाउनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । स्वास्थ्य पनि सबल रहला । अग्रज जनहरूको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउला । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): हाँसखेलमा बित्नसक्ने मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । स्वस्थानमै बसेर पनि विभिन्न काम सम्पादन गर्न सकिएला । कृषिकर्म र व्यावसायिक कामबाट विशेष लाभ मिल्नेछ । भाग्यबल वृद्धि भइ शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागका क्रियाकलापमा मन जाने देखिन्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलाको माध्यमबाट व्यक्तिगत स्वार्थ पूर्ति गर्न सकिएला । तथापि, आजको दिन ज्यादा समय अनावश्यक दौडधुपमा बित्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुखविलासको भाव जागृत होला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्