कात्तिक ०२ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०८२, आईतवार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ कार्तिक ०२ गते आईतबार ई.सं. २०२५ अक्टोबर १९ नेपाल सम्बत ११४५ कौलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, एन्द्र योग, वणिज करण । आज ६ बजेर ६ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर ३३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि विशेष लाभ मिल्नेछ । सञ्चित धन बढ्नेछ । आमोदप्रमोदमा रमिरहने योग छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने समय छ । तर, खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । आँटेको काममा सफलता मिले पनि अरुबाट आलोचना हुने, नियमित काममा बाधा आउने, धनमाल हराउन सक्ने सम्भावना पनि रहेको छ । प्रतिकुलताका बाबजुद पराक्रम बढ्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिभाको उच्च मूल्यांकन हुने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् । तर महत्वपूर्ण कार्य समयमै पूरा नहुनाले असन्तुष्टिको भाव पैदा हुन सक्छ । केही अस्वस्थताको अनुभूतिका बाबजुद जिम्मेवारी भने बढिरहने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना पनि छ । जीवनसाथीको समस्याले चिन्ता बढाउने योग छ । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्ला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । भेटघाटको अलमलले महत्वपूर्ण कार्यमा प्रभाव पार्न सक्छ, समयको व्यवस्थापनका लागि सजग रहनु हितकर होला । कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ । आरोग्यबल र आम्दानी बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ भने शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । प्रेमजीवन सुखद रहनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानलगायत क्रियाकलापमा सावधानी अपनाउनुहोला । उत्साहवद्र्धक समाचार सुन्न पाइने योग छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । सामर्थ्य वृद्धि भइ प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । मनोरञ्जनात्मक यात्रा तथा रसरागका कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्ने समय छ । आयबका साथै सुख वृद्धि हुनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । कृषिकर्ममा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा विशेष रुचि रहनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्ने योग छ । साहसिक काममा आकर्षण बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अवसर बुझेर काम गर्न सके महत्वपूर्ण उपलब्धि हासिल हुन सक्ने समय रहेकोले समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । विशेष कामको प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला, साथै धनलाभको पनि योग रहेको छ । सुख सुविधाको वस्तु खरिदमा रुचि जागृत हुनेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन लगनशीलताले राम्रै उपलब्धि दिलाउला । समय लागे पनि महत्वपूर्ण कार्य सम्पादन हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहला । जटिल काममा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदाको योग छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा होला । आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरणको योग छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । प्रेमभावका साथ दाम्पत्यसुख बढ्नेछ । स्वादिष्ट भोजनमा मन रमाउला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय शुभदायी छ । नयाँ काम पाइने सम्भावना छ । स्वास्थ्य केही कमजोर रहनसक्ने देखिन्छ, सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित होला । आलस्यले गर्दा महत्वपूर्ण अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । अति आवश्यक अवस्थामा बाहेक आजको दिन आर्थिक कारोबार नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेपनि अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुने सम्भावना प्रवल छ । आफन्त एवम् परिवारजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजनको आनन्द उठाउन पाइएला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्