दसैं सुरु भएसँगै काठमाडौं छाड्ने भीड बढ्यो: जेनजी सरकार आएपनि यात्रुका समस्या ज्युँ का त्युँ !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – सनातन हिन्दु धर्मावलम्बीहरूको महान पर्व विजया दशमी सुरु भएसँगै काठमाडौं छाड्नेहरूको भीड बढेपनि यात्रुहरूको दु:ख उस्तै छ ।

जेनजी आन्दोलनसँगै देशमा नयाँ सरकार बनेपनि बाढी तथा पहिरोका कारण देशभरका मुख्य सडक अवरुद्ध हुँदा हवाई मार्गमार्फत आ-आफ्नो गन्तव्यमा जान चाहनेहरू समेत उच्च भाडा र टिकट नपाउने समस्यासँग जुधिरहेपनि जुनसुकै नामको सरकार आएपनि सरकारले नागरिकको समस्या समाधान गर्न उचित पहल गर्न सकेको छैन ।

- Advertisement -
Ad image

दसैं सुरु भएसँगै काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू कोटेश्वर, जडिबुटी तथा कलंकी मात्रै होईन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फ यात्रुहरूको भीड थामिनसक्नु छ । सरकार मातहत रहेको नेपाल एयरलाइन्सको गैरजिम्मेवार व्यवस्थापन प्रणाली, सार्वजनिक यातायातमा सरकारको शुन्य लगानी र भीड बढेको मौकामा चौका हान्ने व्यवसायीका कारण नागरिकहरू आफ्नो थातथलो फर्किन सकस बेहोरिरहेका छन् ।

जेनजी आन्दोलनले स्कुल कलेज छिट्टै बन्द भएपछि घटस्थापना सुरु नहुँदैदेखि उपत्यका छोड्ने यात्रुहरूको संख्या बढेपनि सरकार र नियामक निकायले कुनै सहजीकरण नगरेको भन्दै यात्रुहरूले दिक्दारी व्यक्त गर्दै आफ्नो थातथलो तर्फ दसैं मनाउन प्रस्थान गरिरहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्