भदौ २३ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ भदौ २३ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर ८ नेपाल सम्बत ११४५ ञलागा पारु-१६, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पक्ष, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्रपदा नक्षत्र, धृति योग, बालव करण । आज बिहान ०५ बजेर ४६ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर १९ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । श्रम गरीकन उचित परिणाम वा मूल्य प्राप्त नहुन सक्छ । कमजोरीले चिन्ता बढाउने योग छ । सबल स्वास्थ्यका लागि खानपान र शारीरिक अभ्यासमा विशेष ध्यान दिनु हितकर होला । मुख्य काममा बाधा हुने योग परेकोले आजको दिन विशेष योजना थाती राख्नु उचित हुनेछ । सानातिना काममा धेरै समय अल्झनुपरे पनि मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यबाट विशेष लाभ होला । आश्वासन बाँड्नेहरूले आजको दिन झुक्याउने प्रयत्न गर्नेछन् । परिस्थितिले अप्ठ्यारो मोडमा लग्न सक्छ, कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । जोखिम बढेपनि बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । साझेदारीको काम बन्नेछ भने आम्दानी बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा होला । स्वास्थ्य सबल रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक कार्यमा विशेष लगाव रहने र मान–प्रतिष्ठा बढ्ने दिन छ । भाग्यबल बढ्नेछ । रोकिएको काममा सफलता मिल्ला । यात्रागत कार्य सार्थक रहला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । कर्मबल बढ्नाले समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । इच्छाशक्ति बढ्नुका साथै रोकिएको काम सजिलै सम्पादन हुनसक्छ । स्वास्थ्यगत रूपले आफू केही कमजोर भएको अनुभूति होला । पढाइलेखाइको दृष्टिले समय मध्यम छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । सन्तानसुख मिल्नेछ, प्रेमभाव बढ्नेछ । रसरागका क्रियाकलापमा सरिक भइएला । बौद्धिक काममा विशेष सफलता मिल्ने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आलस्य गर्ने बानीले केही समस्या निम्त्याए पनि मेहनतीहरूका लागि भने समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ । तर, आजको दिन अलिक बाध्यताका काममा जुट्नुपर्ला । व्यस्तता वृद्धि हुनेछ । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । प्रतिस्पर्धी परास्त होलान् । खर्चको मात्रा भने केही वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मित्रजनको साथ-सहयोगले विशेष योजना कार्यान्वयनमा गति मिल्ने समय छ । पराक्रमका साथै यश–वर्चश्व बढ्नेछ । मुद्दा-मामिलामा पनि विजयी भइएला । उद्योग-व्यापारतर्फ सामान्य फाइदा मिल्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । तथापि, नियमित कार्यबाट धन आर्जनको योग रहेको छ । आरोग्यबल बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): साहसिक काममा आकर्षण बढ्ने समय भएपनि अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् र परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । कृषिकर्मबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउला । तथापि, मिहेनत र इमानदारीले परिस्थिति सम्हाल्न मद्दत गर्नेछ । बिछोडिएका मित्रजनसँग भेटघाटको योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न भौतिक साधनहरू जुट्ने एवम् प्रशन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । ऋण र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । आफन्तसँग भने असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्नृे योग पनि छ । पतिपत्नीमा अविश्वास बढ्नसक्छ,आपसी व्यवहारमा लचकता अपनाउनुहोला । आरोग्यता रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):  दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । तथापि, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । विशेष ठानेर गरिएको कार्यमा सोचेको लाभ नमिल्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । नियमित खर्चमा बढोत्तरी होला । आरोग्यबल बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिष्ठित काम गर्ने मौका मिल्ला । बौद्धिक कार्यबाट राम्रै धनलाभ हुने देखिन्छ । प्रतिभा प्रदर्शन गरी धेरैलाई प्रभावित तुल्याउन सकिनेछ । मान्यजन तथा गुरुजनको विशेष सहयोग जुट्नाले अध्ययन-अध्यापनमा प्रगति हुने समय छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ, सजग रहनुहोला । महत्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ । तर, शुभचिन्तकहरूले साथ दिनेछन् भने विभिन्न अवसर पाइनेछ । आयबल बढ्नेछ । मित्रजनसँग जमघट र मिठो भोजन प्राप्तिको योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने दिन छ । तर, सहयोगीहरूको मात्र भरपर्दा चिताएको काम नबन्न सक्छ, ध्यान राख्नुहोला । हातमा आएको अवसर गुम्ने सम्भावना रहेकोले चनाखो रही कार्य-व्यवहार गर्नु हितकर हुनेछ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । सुख-विलास बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्