आज मिति वि.सं. २०८२ भदौ ०४ गते बुधबार ई.सं. २०२५ अगस्त २० नेपाल सम्बत ११४५ गुंलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण द्वादशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, सिद्धी योग, तैतल करण । आज बिहान ०५ बजेर ३७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर ३९ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काममा आजको समय व्यतीत भएपनि त्यसबाट राम्रै लाभ मिल्नेछ । पढाइलेखाइमा सुधार आउनेछ । यात्रागत कार्यमा सफलता प्राप्त मिल्नेछ । खेलकूद एवम् रसरागमा आकर्षण बढ्नेछ । अनुकूलता वृद्धि हुनाले रोकिएको काममा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आर्थिक पक्ष सुदृढ रहने समय छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त होला । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु उचित होला । कतैबाट शुभ समाचार प्राप्त हुने योग छ । आनन्द वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पराक्रम बढ्ने र नियमित कार्यमा पारिवारिक सहयोग प्राप्त हुने देखिन्छ । आजको दिन विशेष लाभदायी यात्राको सम्भावना छ, तर अनावश्यक भ्रमणबाट जोगिनु हितकर हुनेछ । खेलकुदसँग सम्बन्धित क्रियाकलापमा सरिक भइएला । कामधन्दाको चापले प्रेमी–प्रेमिकासंग तथा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन पैदा हुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिणाममुखी काममा लगानीको समय छ । कर्मबल वृद्धिका साथै साथीभाइको पनि सहयोग प्राप्त हुनेछ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्नसक्ने समय रहेकोले बोली र ब्यवहारमा विशेष संयमताको जरुरत छ । नचिताएको स्थानबाट धनागमनको योग छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । खेलकुद एवम् रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहन सक्छ, तर उत्साह–उमङ्ग प्राप्तिको समय छ । स्वास्थ्य सबल रहला । नियमित काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रतिस्पर्धी परास्त हुनेछन् । भाग्यबल बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ । बौद्धिक काम बन्नेछन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ, धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी मित्रसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । खर्च भने केही बढ्ने देखिन्छ । जस्तोसुकै समस्याको समाधान मिल्नेछ । यात्रागत कार्य सार्थक बन्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगीहरूले साथ दिनाले काममा सोचेजस्तै सफलता मिल्ने समय छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपर्ला । आरोग्यबल बढ्नेछ । खानपानको आनन्द प्राप्त होला । साहसिक काममा आकर्षण बढ्नेछ । व्यवसायिक सफलताको योग छ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । रोकिएका काम बन्नेछन् । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल हातपर्ला । आजको दिन कसैसँग सामान्य विवाद वा झगडा पनि हुन सक्छ, बोली र व्यवहारमा संयमिता अपनाउनु उचित हुनेछ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । खर्च नियन्त्रणको लागि सहजग रहनुपर्ने देखिन्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आजको दिन शुभदायी रहला । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी गर्न सक्नेछैनन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्तिले सुख बढ्नेछ । बौद्धिक एवम् रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता केही बढेपनि उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने दिन छ । नियमकानुनले सथ दिनाले दायित्व निर्वाहमा विशेष सहजताको अनुभूति होला । आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथमा अति सुमधुर सम्बन्ध रहने समय छ । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल रहनेछ । तथापि गरगहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु आवश्यक छ, अन्यथा ठगीमा पर्ने योग छ । प्रतिष्पर्धीलाई सहजै पराजित तुल्याउन सकिएला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने देखिन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै कार्यको ठोस परिणाम देखापर्नेछ । चुनौती झेल्दै बाधा-ब्यवधान पन्छाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको योग छ । यात्रागत कार्यबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मान-महत्व वृद्धि हुनुका साथै नयाँ काम र जिम्मेवारी हात पर्ने समय छ । अध्ययन तथा अध्यापन कार्यमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल रहनेछ । स्वास्थ्यमा भने केही समस्या देखापर्ने सम्भावना छ । सबल स्वास्थ्यका लागि आहारबिहारमा ध्यान दिनु उचित होला । पाहुनाको खातिरदारीमा समय बित्नसक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्