सप्तकोशीमा पानीको बहाव बढ्यो: पुलमा राखियो रातो झन्डा, २६ ढोका खोलियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०८२, सोमबार
1 Min Read
Aa
Highest water flow was measured this year in the Saptakoshi River due to continuous rainfall, in Saptari, on Tuesday, September 13, 2016. Photo: THT

राजविराज – पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीको २६ ढोका खोलिएको छ। आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो साँझ ५ बजेसम्बम जे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कोशीमा पानीको बहाव अझ बढ्दो क्रममा जारी रहेको छ। पानीको बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने २६ वटा ढोका खुला गरि सकिएको छ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्