जनार्दनले विरुद्धमा बोलेको भन्दै प्रचण्डको असन्तुष्टि: अनुशासनमा बस्न सुझाव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन  शर्माले विरुद्धमा बोलेको भन्दै असन्तुष्टि जनाएका छन् । आज (शुक्रबार) बाट सुरु भएको स्थायी समिति बैठकमा प्रचण्डले विधिभन्दा बाहिर गएर नबोल्न र अनुशासनमा रहन चेतावनी दिएका हुन् । जनार्दनले विधिन्दा बाहिर गएर बोल्दा राम्रो सन्देश नगएको प्रचण्डको भनाइ छ ।

पछिल्लो समय माओवादीमा अन्तरसंघर्ष चुलिएको छ । पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्मा आरोप–प्रत्यारोपमै उत्रिएका छन् । उपमहासचिव शर्माले सार्वजनिक कार्यक्रममा मनमोहनपछिका सबै कम्युनिष्ट प्रधानमन्त्री असुली धन्दामा लागेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई काउन्टर दिँदै भोलिपल्टै प्रचण्डले आफूले पार्टीमा प्रशस्तै सिगौरी खेल्ने ठाउँ दिएको बताएका थिए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्